
२७ कात्तिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो ।
यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्नको चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनेछन् ।
बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउन सकिनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस