
२७ कात्तिक, जनकपुर । जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा विगत १२ दिनदेखि आमरण अनसनमा बसेका दुईजना कर्मचारीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि आईसियुमा भर्ना गरिएको छ ।
कलेज परिसरमै कात्तिक १६ गतेदेखि अनसनमा बसेका कर्मचारीद्वय जानकीशरण यादव र कुलदिप साहको स्वास्थ्य अवस्था बिग्रेपछि प्रहरीले बुधबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको हो ।
कलेज व्यवस्थापनले कर्मचारीसँग विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अस्पतालका यादव र साह अनसनमा बसेका हुन् । आन्दोलित कर्मचारीले आकस्मिक बाहेकका सबै सेवाहरु गत असोज १२ गतेदेखि नै ठप्प पार्दै आएका छन् ।
उनीहरुले कलेजले आफुहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्ष यताको दसैँ खर्च र नियमित तलब भत्ता नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिक्रिया दिनुहोस