समाचार

गण्डकीमा २०० कोरोनाका सङ्क्रमित थप

covid 19

२७ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०० जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको भएको छ । यस अवधिमा ६४७ जनाको कोरोना परीक्षण गरिएको र  नौ जना निको भएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार ९०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ११४ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित चार हजार ८१०  छन् । कोरोना सङ्क्रमण भई निको हुनेको सङ्ख्या चार हजार ९७९ पुगेको छ । प्रदेशमा हालसम्म ९८ हजार ७६२ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस