समाचार

प्रदेश १ मा १८९ जना कारोना सङ्क्रमित थपिए

covid19 nepal

२७ कात्तिक, काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् ।

सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई/दुई, इलाम, तेह्रथुम र भोजपुर एकएक र प्रदेश बाहिरका नौ  जना  छन् ।

प्रदेशमा आज ६६२  सङ्क्रमितसहित अहिलेसम्म १६ हजार ४१८ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पिसिआर परीक्षण  गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *