समाचार

मंसिर ३० गतेसम्म सीमानाका बन्द, उद्दार उडान पनि नहुने

parbat gurung

२७ कात्तिक, काठमाडौं । नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमानाका मंसिर ३० सम्म बन्द हुने भएका छन् । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै सीमानाका मंसिर ३० सम्म बन्द गर्ने निर्णय गरेको छ ।

संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । तर नेपाल आउनैपर्नेहरुको हकमा सरकारले तोकेका स्थानबाट प्रवेश गर्न पाइने छ ।

यस्तै यसअघि विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्दै आएको सरकारले  अब अलपत्र नागरिकका लागि उद्धार उडान नगर्ने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण विभिन्न देशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्धार गरी स्वदेश ल्याएको बताउदै मन्त्री गुरुङल अब नेपाल आउने नागरिकलाई नियमित उडानबाट आउने व्यवस्था गर्ने बताए ।

यस्तै बैठकले स्वास्थ्य सुरक्षा विधि अपनाउदै खेलकुदका प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । ओलम्पिक खेलकुदमा सहभागिता, फुटबल, क्रिकेट, भलिबल जस्ता विदेशमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुन अनुमति दिने निर्णय गरेको हो ।

यस्तै बंग्लादेशबाट जीटुजी प्रक्रियाबाट मल खरिद गर्ने निर्णय भएको छ । आगामी मंसिर २ गते किजा पूजाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । साथै मन्त्रीपरिषद बैठकले बलात्कारपछि हत्या गरिएकी सम्झना कामीका परिवारलाई ३ लाख रकम सहायता गर्ने निर्णय भएको मन्त्री गुरुङले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस