विश्व/प्रवास

यूएईमा अब अविवाहित जोडी एकसाथ बस्न पाउने

uae new law

२८ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एकसाथ बस्न पाउने भएका छन् । यूएईले आफ्नो कानुन संशाेधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो ।

लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो । नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशाेधन गरिएको यूएई सरकारले जनाएको छ । यूएईले केही हप्ता पहिला इजराइलसँग सम्बन्ध सामान्य बनाएको थियो ।

सम्बन्ध सामान्य बनाउनका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्बन्ध सामान्य बनाएका कारण र कानुन संशोधनका कारण अब यूएईमा इजरायलका पर्यटक बढ्ने अनुमान गरिएको खबरमा उल्लेख छ ।

यूएईले इस्लामी कानुन हुँदाहुँदै पनि पर्यटक, विदेशी व्यवसायी र उद्योगहरुलाई आकर्षित गर्नको लागि पश्चिमी संस्कृतिलाई स्थान दिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस