समाचार

यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना, एकको मृत्यु

bead body tag

२८ कात्तिक, मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सर्लाही चक्रघट्टाका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका रायको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस