
२८ कात्तिक, काठमाडौं । गीतकार सुमन योञ्जनको शब्दमा ‘कालापानी सिमाना’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको गीतमा मेघा श्रेष्ठ, पवन गिरी, बिक्रम बराल र किरण गजमेर र कमल राइको स्वर सुन्न सकिन्छ । देशको निम्ती ज्यानको बाजी राख्ने सिपाहीको कथामा तयार भएको यो भिडियोमा निराजन प्रधान, गीता थापा, रामप्रसाद हुमाँगाई र अजय हुमागाँइको अभिनय देख्न सकिन्छ ।
हरि हुमागाँइको छायांकन, प्रविन श्रेष्ठले सम्पादन गरेको भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस