समाचार

सार्वजनिक यातायात सेवा व्यवस्थित बनाइन्छ : राज्यमन्त्री मानन्धर

rambir

२८ कात्तिक, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शहरी क्षेत्रको सार्वजनिक यातायात सेवा व्यवस्थित पारिने बताएका छन् । बालाजु तारकेश्वर यातायात प्रालिको साधारण सभामा बोल्दै मन्त्री मानन्धरले शहरलाई व्यवस्थित बनाउनका लागि सार्वजनिक यातायातको भूमिका महत्वपूर्ण हुने भएकाले व्यवस्थित रुपमा सञ्चालनका लागि सरकारले काम गरिरहेको बताए ।

लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालकहरु समस्यामा परेको गुनासो आइरहेको र सरकारले व्यावसायीको समस्या समाधानका लागि पहल गरिरहेको उनको भनाइ छ । नेपालको यातायात सञ्चालन प्रणाली कमजोर रहेको बताउँदै मन्त्री मानन्धरले जनताले सहज रुपमा यात्रा गर्न पाउने गरी सुधार गर्न पनि यातायात व्यावसायीलाई आग्रह गरे ।

सरकार जनताको जीवन रक्षाका लागि हर तरहको प्रयास गरिरहेको बताउँदै मानन्धरले स्वास्थ्य सावधानीका मापदण्ड अनुसार सवारी सञ्चालन र यात्रा गर्न आग्रह समेत गरे । कार्यक्रमममा तारकेश्वर यातायात प्रालिका अध्यक्ष मिनबहादुर मानन्धर र सचिव परशुराम लामिछानेले सार्वजनिक यातायातको पुनरुत्थानका लागि विशेष प्याकेज आवश्यक रहेको बताउँदै यातायात व्यावसायीको मर्का बुझेर निर्णय गरिदिन सरकारलाई आग्रह गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस