समाचार

चित्रबहादुर केसीको स्वास्थ्य सुधारोन्मुख

Chitra Bahadur KC

२८ कात्तिक, काठमाडौं । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्यमा सुधार आएको छ ।

कोरोना भाइरसको संक्रमणका केसी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएको केसीलाई ज्वरो, निमोनिया र डाइरियाको समस्या देखिएको थियो। अहिले भने उनको अवस्था सुधारोन्मुख रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले जानकारी दिइन्।

केसीसँग आफ्नो फोनमा समेत कुरा भएको भन्दै उनले हिजो अलि अलि घाँटी दुखेको भए पनि आज त्यस्तो नरहेको पौडेलले बताइन् । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस