२८ कात्तिक । लिबियाको समूून्द्री किनार नजिकै बिहीबार डुंगा दुर्घटना हुँदा कम्तिमा ७४ जना आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसंघ आप्रवासन एजेन्सीले जनाएको छ । यी आप्रवासीहरु युुरोप छिर्ने प्रयासमा थिए ।
महिला र बालबालिकासहित १ सय २० भन्दा धेरै आप्रवासी चढेको डुुंगा लिबियाको अल खुम्स बन्दरगाहबाट नजिक समून्द्रमा डुबेको हो । इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन (आईओएम) का अनुसार केवल ४७ जनालाई उद्धार गरिएको जनाइएको छ ।
डुंगामा सवार अधिकांश महिला र बालबालिका रहेका थिए । लिवियामा वर्षेनी डुंगा दुर्घटनामा सयौंको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस