विश्व/प्रवास

ओबामाले राहुल गान्धीको बारेमा आफ्नो किताबमा के लेखे ?

barak rahul

२८ कात्तिक, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले आफ्नो किताबमा भारतका कांग्रेस नेता राहुल गान्धीप्रति टिप्पणी गरेका छन् । ओबामाले आफ्नो किताबमा राहुल गान्धी आफ्नो शिक्षकलाई प्रभावित गर्न चाहने तर ‘विषयमा दक्ष’ बन्नको लागि इच्छा वा योग्यताको कमी भएको एक ‘नर्भस’ (आशङ्कित) र तयारी गरिरहेको छात्र’ भएको बताएका छन् ।

ओबामाले आफ्नो कार्यकालको संस्मरणबारे लेखेको पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’ मा काँग्रेस नेता सोनिया गान्धी र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबारे पनि उल्लेख छ । आगामी साता सार्वजनिक हुने यस पुुस्तकको समिक्षा न्युुर्योक टाइम्सले लेखेको छ । पुुस्तकमा मनमोहन सिंहबारे ओबामाले लेखेका छन्,‘ उनीसँग मानिसलाई एक तरिकाले प्रभावित गर्नसक्ने इमान्दारी छ ।’ ७ सय ६८ पृष्ठ लामो यस पुस्तक राजनीतिमा कदम राखेर शिखरसम्म पुुग्दाको यात्रा उनको यात्रा संस्मरण हो ।

काँग्रेसको यस्तो प्रतिक्रिया 

काँग्रेस आईका नेता तथा पूर्व केन्द्रीय मन्त्री तारिक अनवरले यसबारे प्रतिक्रिया दिँदैं भनेका छन्,‘ओबामा र राहुल गान्धीको भेट निकै छोटो भयो होला, त्यो पनि आजभन्दा ८–१० वर्ष पहिले, जब उनी अमेरिकी राष्ट्रपतिका रुपमा भारत आएका थिए । र, एक दुुई भेटकै आधारमा कसैको क्षमता आँकलन गर्नु कठिन हुन्छ ।’ समाचार एजेन्सी एएनआईसँग कुराकानी गर्दै अनवरले भनेका छन्,‘त्यसयता राहुल गान्धीले धेरै अनुुभव हासिल गरिसकेका छन् र अहिलेका राहुल गान्धीको व्यक्तित्व निकै फरक छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *