विश्व/प्रवास

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी

covid india

२८ कात्तिक, काठमाडौं । भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भइ सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ८७८ जना सङ्क्रमित थपिएका छन् । भारतमा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ८७ लाख २८ हजार ७९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५४७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख २८ हजार ६६८ जनाको मृत्यु भएको विवरण छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएर चार लाख ८४ हजार ५४७ पुगेको छ । भारतमा केही हप्ता अगाडिसम्म झण्डै दश लाख मानिस सक्रिय सङ्क्रमित अवस्थामै रहेका थिए । भारतको स्वास्थ्य अनुसन्धान परिषदले अहिलेसम्म १२ करोड ३१ लाख नमूना परीक्षण गरेको छ । –एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस