
२८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा थप १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय १९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, नेपालमा थप २१ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ भने अहिलेसम्म १ लाख ६८ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस