विश्व/प्रवास

अफगानिस्तानमा तालिबानद्वारा १४ सुरक्षाकर्मीको हत्या

attack in Afghanistan

२८ कात्तिक, काठमाडौं । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानहरुले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । तालिबानहरुले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो । कुन्दुजको सुरक्षा निकायका अनुसार कुन्दुज प्रान्तको बला हिसारमा रहेको एक सुरक्षा चौकीमा आक्रमण गरेर ती सुरक्षा अधिकारीको हत्या गरेका थिए ।

कुन्दुज प्रान्तको साहिब जिल्लाको सो सैनिक क्याम्पमा उनीहरुले बिहीबार राति आक्रमण गरेका थिए । त्यस क्रममा सो क्याम्पमा रहेका सुरक्षा अधिकारीको मृत्यु भएको हो । त्यसक्रममा १२ जना सुरक्षाकर्मी मारिएका थिए भने दुई जना प्रहरी सो जाँच चौकीबाट घर जाने क्रममा तालिबानको आक्रमणमा परी मारिएका हुन् ।

सो आक्रमणमा कम्तीमा पनि १० जना तालिबान मारिएका वा घाइते भएका बताइएको छ । तर यस विषयमा तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उता आजै काबुलमा पनि तालिबानीहरुले आक्रमण गरेर दुई जना सर्वसाधारणको हत्या गरेका छन् । –एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *