विजनेश

दराजले तोड्यो ११.११ का सबै पछिल्ला रेकर्डहरू

daraz 11.11 offer

२८ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ । ११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.२२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६०% बढी हो ।

यस अभियानका दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरुको उपस्थिति थियो र ७००० भन्दा बढी विक्रेताहरुले २८ विभिन्न शहरहरुमा व्यापार गर्न सफल भएको दराजले जनाएको छ । वालेट र कार्डमार्फत अनलाइन पेमेन्टमा पनि गतवर्ष भन्दा ४५ प्रतिशतले बढि सेल भएको दराजले जनाएको छ ।

बजारमा महामारीको कारण कम व्यापार भइरहेका बेला ११.११ मा धेरै व्यवसायहरुको लागि सफलता हालिस भएको कम्पनीले जनाएको छ । दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले मुलुकको चुनौतीपूर्ण अवस्थामा पनि नेपालमा सफलतापूर्वक ११.११ तेस्रो पटक आयोजना गर्न सकेकोमा खुसी व्यक्त गरे ।

उनले पुनःउपभोक्ता र विक्रेता दुबैका लागि केहि सकरात्मक चिज ल्याउन सकेको र आर्थिक स्थितिलाई ध्यानमा राख्दै यस अभियानले ठूलो रुपमा साना तथा मझौला आकारका व्यवसायीहरुलाई आफ्नो उत्पादन विक्रि गर्न प्लेटर्फम मिलेको बताए । उनले भने, ‘जबकी ग्राहकहरुले उनीहरुको सपिङ आवश्यकताहरु सुरक्षित रुपमा गर्न सकिन्छ ।’

यस वर्षको आयोजनामा गर्तवर्षको भन्दा बढी प्रयोगकर्ता, विक्रेताहरु, खरिददारहरु भएको दराजले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस