फुटबल

मैत्रीपूर्ण फुटवलमा बंगलादेशसँग नेपाल २-० ले पराजित

nepal bangladesh football

२८ कात्तिक, काठमाडौं । बांग्लादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको छ । ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा बांग्लादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक गोल गरे ।

मोहमद नाबिबले १० औं मिनेटमा साद उदीनको क्रसमा वान टचमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ८० मिनेटमा रहमानले अग्रता दोब्बर पारे । अब दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले २ मंसिरमा फेरि बंगलादेशको सामना गर्नेछ ।

गत वर्ष नोभेम्बरमा कुवेतसँग पराजित भएको सिनियर राष्ट्रिय टोलीले त्यसयता खेलेको यो पहिलो खेल हो । कोरोना भाइरस महामारीका कारण गत चैतमा लकडाउन भएयता नेपालमा फुटबल गतिविधि ठप्प थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस