समाचार

कलाकार दुलालद्वारा काग सम्मेलन

kaag tihar

२८ कात्तिक, काठमाडौं । काग तिहारको अवसर  कलाकार रमेश दुलालद्वारा आयोजित काग सम्मेलन आज इलाममा सम्पन्न भयो । राष्ट्रिय सङ्गीतकर्मी सङ्घका उपाध्यक्ष समेत रहनुभएको उनले कागको आवाज निकालेर काग सम्मेलन गरेका हुन् ।

सो अवसरमा  उहाँले कोरोना सङ्क्रमितको निः शुल्क उपचार गर्न सरकारलाई दबाव दिन काग सम्मेलन आयोजना गरेको जानकारी दिए । विभिन्न जनावार, चराचुरुङ्गि तथा विभिन्न वाद्यवाधनको आवाज निकाल्ने कलाकार दुलालले इलाम चोक बजार र बजार नजिकै रहेको माइस्थान मन्दिरमा कागको आवाज निकालेर काग सम्मेलन सम्मन्न गरेका थिए ।

काग तिहारको अवसर पारेर विगत १६ वर्षदेखि उनले काठमाडौंमा सङ्घको आयोजनामा सम्मेलन गर्दै आउनु भएको थियो । यस वर्ष आफ्नै जिल्लामा काग सम्मेलन गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । जीव, जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न खप्पिस इलाम नगरपालिका २ का दुलाल ‘कागे’ उपनामले समेत परिचित हुन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

कलाकार दुलालले कागलाई बोलाउने मात्र हैन आफ्नै आवाज मार्फत कागलाई धपाउने, बस्ने लगायतका क्रियाकलाप गर्न सकिने बताए । उनले इलाममा राष्ट्रिय लोक साँस्कृतिक संघ तथा दुलाल बन्धु सेवा समिति इलामले काग सम्मेलनको आयोजना गरेको हो । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी तुलसी सेडाइँ, इलामका प्रहरी प्रमुख नबिनराज राई, सञ्चारकर्मी तथा स्थानीयको सहभागीता रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस