समाचार

पर्यटनमन्त्रीद्वारा कचनकवल र चन्द्रगढी विमानस्थल अवलोकन

yogesh bhattarai

२८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्दै त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताएका छन ।

समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको आज अवलोकन गर्दै उनले यसलाई पयर्टकीय गन्तव्य बनाउन र थप विकास तथा संरक्षणका लागि सरकारको तर्फबाट सहयोग गर्ने बताएका हुन ।

भारतको शिहारसँग दक्षिणी सिमाना जोडिएको आदिवासी, मधेशी र सिमान्तकृत गन्धर्व जातिको बसोवास रहेको कचनकवलमा ठूला होटल नभएको हुँदा पर्यटकलाई बस्नका लागि व्यवस्थित घरबास सञ्चालन गर्न उनले आग्रह गरे ।

प्रदेश नं. १ का प्रदेशसभा सदस्य वसन्त बानियाँले कचनकवलमा बन्दै गरेको झिल, रिङरोड, धार्मिक पर्यटकीय स्थल किच्चकबध लगायतका पर्यटन प्रवद्र्धनका गुरुयोजनाका बारेमा मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

गृहजिल्ला ताप्लेजुङबाट चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं फर्कनुअघि मन्त्री भट्टराईले विमानस्थलको पनि अवलोकन गरेका थिए । विमानस्थल निरीक्षणका क्रममा उनले क्षेत्रफल बढाएर स्तरोन्नति गर्न आसपासमा रहेका जग्गा अधिग्रहण गर्न मन्त्रालयले बजेटको व्यवस्था गरेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस