
२९ कात्तिक, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राति, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिक देखि सामान्यबदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस