समाचार

सुर्खेतमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

covid 19 dead

२९ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कात्तिक २४ गते राति साढे १० बजे प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनको आज बिहान साढे ४ बजे मृत्यु भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या १७ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस