समाचार

सात मुख्य बौद्धस्थललाई समेटेर गुरुयोजना निर्माण गर्ने तयारी

Buddhism

२९ कात्तिक, कपिलवस्तु । कपिलवस्तुमा रहेका भगवान् गौतम बुद्धसँग सम्बन्धित पुरातात्विक स्थलहरुलाई समेटेरे गुरुयोजना निर्माण हुने भएको छ ।

प्रदेश नं ५ को महत्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा लिइँदै आएको राजा शुद्धोदनको दरबार तिलौराकोट, हजारौं शाक्यको सामूहिक बधस्थल सग्रहवा, बुद्धले पहिलो पटक भिक्षुलाई सम्बोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निगालीकोट, क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा र बौद्धकालीन स्तूप भेटिएको अरौराकोटसहितका सात मुख्य बौद्धस्थललाई समेटेर दीर्घकालीन गुरुयोजना निर्माण गर्न लागिएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीका अनुसार बृहत्तर लुम्बिनी क्षेत्र बौद्ध परिपथको योजना तथा लुम्बिनी, कपिलवस्तु र रामग्रामभित्रका सबै बौद्ध सम्पदालाई एउटै खाकामा राख्ने योजना रहेको छ । लुम्बिनी आउने पर्यटकलाई तिलौराकोटसम्म पु¥याउने लक्ष्यसमेत राखिएको छ ।

पर्यटक घुम्नका लागि बाटो, बसपार्क, आराम गर्ने ठाउँ, स्थानीय सामग्री किनमेलका गर्ने स्थलसमेत निर्माण गरिने योजनामा रहेको छ । कपिलवस्तु तथा बौद्धकालीन इतिहास सिक्ने थलोका रूपमा समेत यसलाई विकास गरिनेछ । गुरुयोजनाका लागि विज्ञहरूले एक वर्षअगाडि देखि काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

जग्गा अधिग्रहणसहित मुख्य संरचना निर्माणका लागि रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । गुरुयोजना निर्माणका लागि पुरातत्वविज्ञ डा सञ्जय उप्रेतीले काम गर्दै आएका छन् । उप्रेतीले रामग्रामको गुरुयोजनासमेत निर्माण गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस