खेलकुद समाचार

भारतका खेल प्रशिक्षण संस्थाहरुलाई राहतको घोषणा

kiran rijuju

२९ कात्तिक, काठमाडौं । भारतमा खेल प्रशिक्षण गराउने नीजि संस्थाहरुलाई सरकारले विषेश राहत प्याकेजको घोषणा गरेको छ । युवा तथा खेलुकुद मन्त्री किरण रिजिजुले झण्डै पाँच सय ओटा खेल प्रशिक्षण संस्थाहरुलाई राहत दिन लागिएको जानकारी दिए ।

‘खेलो इन्डिया’ अभियान अन्तर्गत उनीहरुलाई सहयोग गर्ने निर्णय भएको मन्त्री रिरिजुले जानकारी दिए । उनीहरुलाई फरक फरक खेलकुदका फरक फरक गतिविधि तथा कार्यक्रमहरुका लागि दिन लागिएको पनि उनले स्पष्ट पारे ।

विषेश गरेर उनीहरुले दिदै आएको नतिजा, संभावित नजिता, प्रशिक्षकहरुको स्तर, उपलब्धता, खेल्ने ठाउँको अवस्था, भौतिक संरचना, खेल सम्वन्धी अन्य सुविधाहरु, कर्मचारीहरुलगायतका कुरालाई हेरेर सहयोग गर्ने मापदण्ड बनाइएको पनि मन्त्रालयले जनाएको छ ।

‘खेलकुदको विकास गर्नु सरकारको महत्वपूर्ण काम अन्तर्गत पर्दछ, त्यसका लागि नीति क्षेत्रका संस्थाहरुले पनि धेरै योगदान गरेका छन्, त्यसैले उनीहरुलाई सहयोग गर्न लागिएको हो,’ मन्त्री रिजिजुले भने ।

देशका दुर्गम क्षेत्रमा पनि खेलकुदको विकास तथा विस्तार गर्नु पर्ने र त्यहाँ रहेका खेल प्रतिभाहरुलाई पहिचान गरी विकास गर्नु पर्ने कुरामा पनि उनले जोड दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस