२९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २५०३ रहेको छ । मन्त्रालयका अनुसार योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस