
२९ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ ।
यस्तै, नेपालमा थप १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ भने अहिलेसम्म १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस