समाचार

संरक्षित २५ किलोको पाटे चितुवा मृत फेला

chituwa

२९ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–४ मा पर्ने लाम्पाखे सामुदायिक वनको ठूलोचौरमा संरक्षित चितुवा मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी २५ किलो तौलको पाटे चितुवा आज बिहान मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । बस्तीबाट अनुमानित एक किलोमिटर माथि जंगलमा टाउकामा  चोट लागेको अवस्थामा मृत चितुवा फेला परेको हो ।

दुई चितुवाबीच भिडन्त हुँदा उक्त चितुवा मरेको आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

केही समय पहिले देखि नै बाघ, चितुवाले गाइ बस्तु खान थालेपछि स्थानीयवासी चितुवाको आक्रमणबाट हैरान हुँदै आएका थिए । मृत चितुवालाई घटनास्थल छेउमा गाडिएको जिल्ला वन कार्यालयका प्रमुख लोकराज नेपालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस