बैँक / वित्त

सानिमा बैंकको १३ प्रतिशत लाभांश पारित

Sanima Bank

२९ कात्तिक, काठमाडौं । सानिमा बैंकको १६औं वार्षिक साधारणसभाले १३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित हो ।

आर्थिक वर्ष ०७६/७७ मा रु. १.७८ अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति रु. १२६.३१ अर्ब, कुल निक्षेप रु. ११०.१० अर्ब तथा खुदकर्जा सापटी रु. ९३.६९ अर्ब छ । आर्थिक वर्ष ०७५/७६को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १९.३०, १२.२९, र १५.८१प्रतिशतले भएको बैंकले जनाएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा एटीएम सञ्‍चालनमा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस