
२९ कात्तिक, काठमाडौं । तिहारलाई झिलिमिली पर्वको रुपमा पनि लिइन्छ । सभासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वास अनुसार लक्ष्मीपूजाको दिन हरेक घर सक्नेजति सफा र झिलिमिली बनाइन्छ ।
पहिले दियोको प्रकाशबाट उज्यालो पारिन्थ्यो अहिले बिजुलीका बत्तीहरुको प्रकाशबाट पनि उज्यालो पारिन्छ । आजको दिन काठमाडौं उपत्यका झिलिमिली बत्तीले उज्यालो देखिएको छ । घर, पसल, व्यापार व्यवसाय र उद्योगमा बत्तीको झिलिमिली देखिन्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस