३० कात्तिक, धरान । धरानमा झापाकी २५ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई कार्तिक २७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनलाई कोरोनाको लक्षण देखा परेर उपचारका लागि २६ गते प्रतिष्ठान ल्याइएको थियो ।
प्रतिष्ठानमा अनुसार अहिले शवको व्यवस्थापनको काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस