विश्व/प्रवास

गाजाबाट इजरायलतर्फ दुई रकेट प्रहार

rocket fired from gaza

३० कात्तिक, काठमाडौं । गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा पनि दुई ओटा रकेट प्रहार गरिएको समाचार छ । इजरायलको डिफेन्स फोर्स्ले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको छ ।

इजरायलको डिफेन्स फोर्स्का तर्फबाट आइतबार बिहान गरिएको ट्वीटमा गाजा तर्फबाट इजरायलमा आइतबार बिहान सबेरै दुई ओटा रकेट प्रहार गरिएको छ भनिएको छ । इजरायलको दक्षिणी शहर आसदोद र दक्षिणतर्फकै अर्को शहर सेफला क्षेत्रमा ती दुई ओटा रकेट हानिएको उक्त डिफेन्स फोर्सले आइतबार बिहान ट्वीट गरेर जानकारी दिएको हो ।

सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । इजरायलको सो डिफेन्स फोर्स्ले आइतबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ । सुरक्षा निकायले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी पनि उक्त ट्वीटमा दिइएको प्राप्त समाचारमा जनाइएको छ । –एनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस