३० कात्तिक, रुपन्देही । रुपन्देहीको तिलोत्तमा बुवाले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । अत्याधिक मादक पदार्थ सेवन गरेका बुवाले आवेगमा आफ्नै छोरामाथी चक्कु प्रहार गरेका थिए ।
तिलोत्तमा ११ गणेशनगरका ४३ बर्षिय शेरबहादुर गुरुङ्गको चक्कु प्रहारबाट उनका १९ बर्षका छोरा पदमको निधन भएको हो । वडा प्रहरीका बुटवलका प्रहरी निरीक्षक गोविन्द रेग्मीले मदिरा सेवन गरेका बुवाले घरायसी विवादमा छोरालाई चक्कु प्रहरी गरी हत्या गरेको जानकारी दिए ।
चुक्कु प्रहारबाट बायाँ खुटाको तिग्रामा चोट लागेका पदमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । चक्कु प्रहार गर्ने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस