समाचार

देउखुरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

Death Body

३० कात्तिक, दाङ । दाङको देउखुरीमा ट्रकको ठक्करबाट  एक महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका-१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको ट्रकलाई लमही-९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए । महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस