
३० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९८ जना निको समेत भएका छन् । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ ।
यस्तै हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १२२१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ६ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस