समाचार

उपत्यकामा थप ८०७ जनामा कोरोना संक्रमण पुष्टि

kathmandu valley

३० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर भने १४७७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेका संख्या १२२१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस