
३० कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।
यस्तै, नेपालमा थप १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ भने अहिलेसम्म १ लाख ७३ हजार ४३० जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस