समाचार

दुई स्थानमा आगलागीबाट रु ६८ लाख क्षति

fancy pasal aaglagi

३० कात्तिक, काठमाडौं । तिहारका अवसरमा लक्ष्मीपूजा गर्ने क्रममा लापरवाहीपूर्वक दियो बाल्नाले विराटनगरका दुई पसलमा आगलागी हुँदा रु ६८ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१०, ट्राफिक चोकका दिनेश अग्रवालको फेन्सी पसलमामा शनिबार राति आगलागी हुँदा सटरभित्र रहका फेन्सी तयारी कपडा, फर्निचरसहित करिब ६० लाखका सामान जलेर नष्ट भएको छ ।

यसैगरी विराटनगर–९ बसपार्क नजिक अभय अर्यालको बारीमा बाँस र टिनको छानो भएको सिरक डस्ना बनाउने घरमा शनिबार राति आगलागी हुँदा रु आठ लाख बराबरको समाग्री जलेर नष्ट भएको छ । यस किसिमका दुर्घटना रोक्न सचेत भइ पूजा गर्न प्रहरीले आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस