विश्व/प्रवास

हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागीः ७ जनाको मृत्यु, १८ घाइते

aaglagi

१ मंसिर, काठमाडौं । हङकङको एक रेस्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । आइतबार राति भएको आगलागीमा परी मृत्यु हुने अधिकांश नेपाली रहेको बताइएको छ ।

साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेअनुसार ४ पुरुष र ३ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन् । घाइते १८ मध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् भने गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको उपचार भइरहेको छ ।

अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अनुमान छ ।

हङकङमा सन् २०११ मा आगलागीमा परी ११ जना मानिसको ज्यान गएको थियो । त्यस यताको यो नै सबैभन्दा ठूलो आगलागी भएको जनाइएको छ । हङकङ सरकारले आगलागीको कारण पत्ता लगाउन छानविन गर्न आदेश दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *