विश्व/प्रवास

बंगलादेशमा कोभिडको संक्रमण बढ्दो, ६ हजारभन्दा बढीको मृत्यु

bangladesh covid 19

१ मंसिर, काठमाडौं । बंगलादेशमा पनि पछिल्लो समयमा कोभिड १९का संक्रमितहरु बढ्दै गएको बताइएको छ । बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका बताइएको छ । बंगलादेशमा शुरुमा कोभिडका संक्रमित नदेखिएको भए पनि अहिले बढ्दै गएका छन् ।

अहिलेसम्म ४ लाखभन्दा बढी संक्रमित भएका छन् । बंगलादेशमा आइतबारसम्म ४ लाख ३२ हजार ३३३ जना संक्रमित भएका छन् ।यहाँका ३ लाख ४३५ जना संक्रमित निको भएका छन् । बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १.३४ प्रतिशत नागरिकको मृत्यु भएको छ ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यहाँका नागरिकमा निको हुने दर ८०.८५ प्रतिशत रहेको पनि बताएको छ । बंगलादेशका अधिकारीहरुले पछिल्लो समयमा कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको बताएका छन् । अधिकारीहरुले यहाँका संक्रमितहरुको निको हुने दरमा पनि बृद्धि हुदै गएको पनि बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *