१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३७३, भक्तपुरमा ४४ र ललितपुरमा ८४ संक्रमित थपिएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर भने ११९७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेका संख्या १२३० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस