समाचार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ कोरोना संक्रमितको मृत्यु

covid 19 dead body

१ मंसिर, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार बराह ८ सुनसरी र तेह्रथुमका संक्रमितको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सुनसरीका ३८ वर्षीय महिला संक्रमितको बिहान १० बजेर ४५ मिनेट जाँदा मृत्यु भएको हो । उनलाई आजै अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै आजै तेह्रथुमकी २० वर्षीय महिला संक्रमितको मृत्यु भएको छ । कात्तिक ३० गते कोरोना पुष्टि भएका उनलाई आजै अस्पताल भर्ना गरिएको थियो । उनको अपरान्ह १ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

मृतक दुबैको शव कोरोना प्रोटोकल अनुसार दाहसंस्कार गरिने श्रेष्ठले जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस