समाचार

प्रदेश नं १ मा २७० सङ्क्रमित थपिए

corona test

१ मंसिर, मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७० जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ५८८ जनाको पिसिआर परीक्षणमा ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितहरुमा मोरङमा ११२ मध्ये विराटनगरमा ५८, सुनसरीमा ९७, झापामा २९,उदयपुरमा आठ, पाँचथरमा पाँच, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, इलाम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका  छन् ।

सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २४ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । यसप्रदेशमा आज १९७ जना सङ्क्रमित निको भएका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १८ हजार १२८ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७९ हजार ९३ जनाको पिसिआर परीक्षण गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *