समाचार

नेपाल-भारत सीमाबाट चरेससहित दुईजना पक्राउ

chares sahit pakrau

२ मंसिर, काठमाडौं । नेपाल भारत सीमा पर्साको वीरगञ्जबाट लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १६ को मितेरीपुल नजिकै वीरगञ्ज महानगरपालिका ३ को छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वडा नं. ५ का २३ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो ।

नेपालबाट भारत जाँदै गरेका पैदल यात्रुहरुलाई जाँच गर्ने क्रममा प्रहरीले अभिषेकको साथबाट २ किलो ४४५ ग्राम र धिरजको साथबाट २ किलो ४४५ ग्राम चरेस बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको पुरीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस