समाचार

नेकपा स्याङ्जा अध्यक्षकी छोरी अतिथिको अरिङ्गालले टोकेर निधन

atithi gaihre

२ मंसिर, काठमाडौं । अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको अरिगांलले टोकेर निधन भएको हो ।

१३ वर्षीया अतिथिको अरिङ्गालले टोकेर निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीका अनुसार अतिथिको पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अरिङ्गालले टोकेपछि उपचारका क्रममा निधन भएको हो ।

माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा अतिथिलाई नजिकैको रुखमा रहेको अरिङ्गालले टोकेर घाइते बनाएको थियो । अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको बोगटीले बताए ।

मृतक अतिथिको मंगलबार पोखरामा दाहसंस्कार गरिएको छ । त्यस्तै आँधीखोलामा अर्की एक बालिकालाई पनि अरिङ्गालले टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस