समाचार

प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम स्थगित

PM Oli

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने समय स्थगन भएको छ । यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ जाने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी आएको थियो ।

प्रधानमन्त्री ताप्लेजुङ जाने भएपछि सुरक्षाको व्यवस्थाका साथै आवश्यक तयारी थालिएकोमा  प्रप्रधानमन्त्रीको सचिवालयबाट आज ताप्लेजुङको कार्यक्रममा आउने समय स्थगन भएको जानकारी आएको प्रजिअ चापागाईँले बताए ।

जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली यही मङ्सिर ५ गते ताप्लेजुङ आउने तयारी भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस