समाचार

भेडीगोठमा पसेर भालुले मार्‍यो बाह्र भेडा

Magdi bhedigoth sheep

२ मंसिर, जुम्ला । कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले १२ भेडा मारेको छ ।त्यसबाट एकै रातमा रु १ लाख ५० हजारको क्षति भएको छ ।  गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले जानकारी दिए ।

लामो समयसम्म भेडा पाल्दै आएका उनले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे । वर्षौँ दिनको मेहनत एकै दिनमा जाँदा  रतिमानको परिवारमा दुःख छाएको छ ।

रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उनी बताउँछन् । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर  पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उनले लगाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस