
२ मंसिर, काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले भिडिओ अन डिमाइन्ड सेवा सुरु गरेको छ । कम्पनीले यही क्रममा हिन्दी फिल्म लक्ष्मीको प्रिमियर मंसिर १ मा गरेको छ ।
टिभी मार्फत् ग्राहकहरुले लक्ष्मी फिल्म हेर्न पाउने छन् । क्लियर टिभीले च्यानल नं १११ (एच डि) र ११२ (एस डि) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाट गरेको हो ।
यो च्यानल मार्फत् ग्राहकहरुले आफ्नै घरमा बसी ग्राहकले फिल्म हेर्न सक्नेछन् । भबिष्यमा यस्तै कन्टेन्टहरु उपलब्ध गराउँदै जाने कम्पनीले जानकारी दिएको छ । यसरी उपलब्ध फिल्म हेर्नका लागि नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्नुपर्ने छ ।
यसका साथै www.cleartv.com.np/mod मा गएर जानकारी लिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस