२ मंसिर, काठमाडौं । प्रहरीले चन्द्रागिरि नगरपालिका–५, दूरसञ्चारमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भइ चन्द्रागिरि बस्ने रत्नबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सोलुखुम्बु घर भइ गोकर्णेश्वर बस्ने कृष्ण परियार र चन्द्रागिरि–१५ का निरनकुमार प्रधान छन् ।
महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ बरामद भएको डएिसपी श्रेष्ठले बताए ।
पक्राउ परेका उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस