
२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, मंगलबार नेपालमा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने मृत्यु हुनेको संख्या १२४७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस