समाचार

रेडक्रसका पूर्व अध्यक्ष शर्माको निधन

bead body tag

२ मंसिर, काठमाडौं । अग्रज समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेशकुमार शर्माको आज निधन भएको छ । कोभिडलाई जितेर पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण आज बिहान उनको ग्राण्डी अस्पतालमा निधन भएको हो । त्रियानब्बे वर्षीय शर्माको मृत्युले सामाजिक सेवा क्षेत्रले एक अगुवा गुमाएको छ ।

उनले स्पेनका राजाबाट समाजसेवा सम्मान प्राप्त गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । सोसाइटीको तर्फबाट अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना र महामन्त्री पीताम्बर अर्यालले स्व.शर्माको पार्थिव शरीरमा रेडक्रसको  झण्डा र पुष्पगुच्छा अर्पण गरेका थिए । उनका तीन छोरा र दुई छोरीहरु छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *