विश्व/प्रवास

मेक्सिकोमा ट्याङ्कर बिस्फोट, १४ जनाको मृत्यु

tanker burnt

२ मंसिर, काठमाडौं । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याङ्कर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याङ्कर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो । बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीनवटा सवारी साधनमा समेत क्षति पुगेको थियो । –एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस